हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री एवं मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपति अष्टलक्ष्मी शाक्य र सामाजिक विकास मन्त्री एवं प्रतिष्ठानका सहकलुपति कृष्ण खनाललाई प्रतिष्ठानका पदाधिकारीहरुले आइतबार स्वातग गरेका छन् । हेटौंडा अस्पतालमा एक परिचयात्मक कार्यक्रम गर्दै प्रतिष्ठान र हेटौंडा अस्पतालका कर्मचारीहरुले प्रतिष्ठानको कुलपति समेत रहनुभएका मुख्यमन्त्री शाक्य र सहकुलपति खनाललाई स्वागत गरेको प्रतिष्ठानका सदस्य उत्सब चौलागाईले बताउनुभयो ।
सोही अवसरमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत हेटौंडा अस्पतालको मुख्यमन्त्री शाक्यले अवलोकन गर्नुभएको छ । उहाँले अस्पतालको विकासमा प्रदेश सरकार सकारात्मक रहेको भन्दै कोभिडको पूर्वतयारी गर्न निर्देशन दिनुभएको छ । हेटौंडा अस्पतालले कोभिडको तेस्रो लहरको पूर्वतयारी अनुरुप बच्चको लागि एनआइसियू, भेन्टिलेटर, बेड थप, अक्सिजन लागयतको बारेमा मुख्यमन्त्री शाक्यलाई अवगत गराएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदेशको वर्तमान मुख्यमन्त्री कुलपति हुने प्रावधन छ भने सामाजिक विकास मन्त्री सहकुलपति हुने प्रावधान रहेको छ । भाद्र २ गते बागमती प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै स्वत उहाँ प्रतिष्ठानको कुलपति बन्नुभयाएको थियो । यसअघिका मुख्यमन्त्री डोरमणि पौडेल कुलपनि रहँदा प्रतिष्ठानको संरचना, कानुन निर्माण लगायतको कामहरु भएको थियो । यसैगरी हेटौंडा अस्पतलामा प्रतिष्ठानले थप सेवाहरु संचालन गर्दै आएको थियो । प्रतिष्ठानले अस्पतालमा डायलासिस सेवा, मनोविज्ञान परामर्श, कोभिड आइसोलेसन सेन्टर लागयतको सेवा दिदै आएको छ ।