सांकेतिक तस्बिर ।

हेटौंडाः पछिल्लो २४ घण्टामा मकवानपुरमा १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार २२ जनाको एन्टिजेन परिक्षण गर्दा १ जनामा मात्र कोरोना संक्रमण देखिएको छ ।

हिजो शनिबार पिसिआर परिक्षणका लागि स्वाब संकलन नभएको र अस्पतालमा उपचारका लागि आएकाहरुको मात्र एन्टिजेन परिक्षण भएको स्वास्थ्य कार्यालय मकवानपुरका सुचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो । कोरोना संक्रमण हुने १ जना मनहरी गाउँपालिकाका रहेका छन् ।