Home Uncategorized आफन्त र स्थानीयको अवरोध, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

आफन्त र स्थानीयको अवरोध, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

हेटौँडा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–३, बसामाडीस्थित शान्तिचोकमा आफन्त र स्थानीयले राजमार्ग अवरोध गरेका छन् । आइतबार रातोमाटेमा दुर्घटनामा परी स्थानीयको मृत्यु भएको विरोधमा सोमबार दिउँसो १ बजेदेखि राजमार्ग अवरोध गरिएको हो ।

हेटौँडा–१५, नयाँबस्ती नजिक पूर्व–पश्चिम सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदाका एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ११ बजेको समयमा अम्लेखगञ्जबाट हेटाँैडा बजारतर्फ आउँदै गरेको ना ८ ख २४९७ नम्बरको ट्रकले गलत साइड च्याप्ने क्रममा विपरीत दिशाबाट जाँदै गरेको प्र.३–०३–००१ प ८८६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–३ बसामाडीका ३७ वर्षीय देवेन्द्र भण्डारी गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा दिउँसो १२ बजेर १० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । ट्रक चालक मकवानपुर थाहा नगरपालिका–२ बस्ने ३२ वर्षीय सुनिल ढकाललाई इलाका प्रहरी चौकी रातोमाटेले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले राजमार्ग खुलाउने प्रयास गरिरहेको जिल्ला ट्रार्फिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।