सांकेतिक चित्रः गुगल ।


हेटौंडाः मकवापनुरको चुरियामाई मन्दिरको ओरालोमा बिहीबार बिहान बस दुर्घटना भएको छ । बारा जिल्लाको अमलेसगञ्ज र मकवानपुरको सिमाना चुरियामाई मन्दिरको जाने ओरालोमा बस दुर्घटना हुँदा चालक ४९ वर्षको हेटौंडाका धर्मराज रेग्मीको मृत्यु भएको छ ।

काठमाडौंबाट रौतहट जाँदै गरेको रात्री बसको ब्रेक फेल भई दुर्घटना हुँदा चालको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् । बसले प्रदेश ०३–००१ प.४११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा हेटौंडा २ को इन्द्र काकीको दुवै हातमा चोट लागेको छ । यसैगरी केहीको हेटौंडाका विभिन्न अस्पताल तथा केही गम्भिर भएकालाई चितवन रेफर गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक गौतक मिश्रले जानकारी दिनुभयो ।