सांकेतिक तस्बिर ।

हेटौंडाः मकवानपुरमा पछिल्लो २४ घण्टामा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ सय १८ जनामा गरिएको पीसीआर परिक्षणमा ३१ जना र ६० जनामा गरिएको एन्टिजेन परिक्षणमा ४ जना गरी ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमण पुष्टि हुने मध्ये सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिका भित्रका २१ जना रहेका छन् । यस्तै थाहा नगरपालिकाका ७ जना, मकवानपुरगढी गाउँपालिकाका ६ जना र बागमती गाउँपालिकाका १ जना छन् ।
हाल संस्थागत आइसोलेसनमा ३३ जना र होम आइसोलेसनमा २२८ जना रहेका छन् ।