फिचर लेखन प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल प्रमोद अर्याललाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिँदै ।

हेटौंडाः नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजना तथा जिल्लाका १० स्थानीय तहको सहयोगमा भएको फिचर लेखन प्रतियोगितामा प्रमोद अर्याल प्रथम भएका छन् । अर्यालले प्रथम पुरस्कार २५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।

यस्तै फिचर लेखन प्रतियोगितामा भावना रिजाल दोस्रो र सुदीप शिवाकोटी तेस्रो भएका छन् । उनीहरुले क्रमश १५ हजार र १० हजार प्राप्त गरेका छन् । सान्त्वना हुनेमा सुनिता विष्ट, मसान उपासक, निशा गुरुङ, श्रीराम आर्जुन, प्रेमकला पौडेल, रन्जिता डंगोल, सम्झना रिजाल छन् । उनीहरुले जनही ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । बागमती प्रदेश सभा सदस्य प्रेम बहादुर पुलामीले पुरस्कृतहरुलाई नगद तथा प्रमाणपत्र वितरण गर्नुभयो । प्रदेश सभा सदस्य पुलामीले पत्रकार महासंघमा भएका सदस्यहरुको तुलनामा फिचर लेखनमा कम सहभागीता भएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष मणिराज गौतमको अध्यक्ष्ँतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुनिल खड्का, फिचर लेखन प्रतियोगिताका निर्णायकहरु राममणि दाहाल, भानुभक्त आचार्य, रामकुमार एलनको पनि उपस्थिति रहेको थियो ।