साङ्केतिक तस्बिर ।

हेटौंडाः हेटौंडा–१० स्थित गोरेक्षश्वर स्वाब संकलन केन्द्रबाट बुधबार ७३ जनाको स्वाब नमुना संकलन भएको छ ।

स्वाब संकलन गराउनेमा ३९ जना महिला र ३४ जना पुरुष रहेको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार संकलन भएको स्वाब नमुुनाहरु कोरोना परिक्षणका लागि हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा पठाएको छ ।