हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघका कर्मचारी भीम श्रेष्ठलाई औषधी व्यवसायी संघ मकवानपुरले सहयोग गरेको छ । स्वास्थ्य समस्या भई उपचार गराइरहनु भएका श्रेष्ठलाई बुधबार औषधी व्यवसायी संघले ७१ हजार ६ सय ५५ रुपैयाँ सहयोग गरेको हो । श्रेष्ठका छोरा औषधी व्यवसायमै संलग्न हुनुभएका कारण पनि संघले सहयोग गरेको औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठले जनाकारी दिनुभएको छ ।
औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठको नेतृत्वमा व्यवसायीहरुले श्रेष्ठलाई हेटौंडा–१, चौकीटोलस्थित निवासमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको हो । सहयोग रकम हस्तान्तरणका लागि औषधी व्यवसायी संघ बागमती प्रदेश समितिका सदस्य सुधीर दाहाल, मकवानपुर जिल्ला समितिका महासचिव संघर्ष गुरुङ, कोषाध्यक्ष विष्णु थापा, सदस्य नरहरि थापा पनि पुग्नुभएको थियो ।











