नयाँ समिति निर्वाचित भएपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिमा दोस्रो कार्यकालका लागि लालकाजी रत्न बज्राचार्य सर्वसम्मत चयन हुनुभएको छ । शनिबार हेटौंडामा भएको भेलाले बज्राचार्यको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा निरु मगर र ओमकुमार लामा, सचिवमा विक्रम लामिछाने, सहसचिवमा सुरशा ढुंगाना र कोषाध्यक्षमा राविन्द्र डंगोललाई चयन गरेको छ ।

भेलाले राजकुमार लामा, पुरुषोत्तम रुपाखेती, श्रीषा ढकाल, गोपाल सुनार, रामकृष्ण महर्जन, विवेक माझी सदस्य चयन गरेको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, कार्यालय प्रमुख खुशराज दाहाल, मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठको पनि आतिथ्य रहेको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!