हुप्रचौरको सरसफाई गर्दै ।

हेटौंडाः हेटौंडाकोे नगर खेलकुद विकास समितिको प्रथम स्थापना दिवसमा हेटौंडा–४ स्थितका हुप्रचौर सरसफाई कार्यक्रम आयोजना भएको छ । मंगलबार मकवानपुरका खेलकुद पदाधिकारीहरु तथा खेलाडीहरुको टोलीले सरसफाई गरेको मकवानपुर जिल्ला साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठले जानकारी दिनुभयोे ।

चौर सरसफाई कार्यक्रममा खेलकुद पदाधिकारीहरु तथा खेलाडीहरु गरी करिब १ सय ५० जना सहभागि थिए । कार्यक्रम नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।