बरामद भएको गाँजासहित दिलबहादुर बललाई सार्वजनिक गर्दै ईलाका प्रहरी कार्यालय मनहरीमा ।

हेटौंडाः लागूऔषध गाँजासहित मकवानपुरको कैलाश गाउँपालिका–८ का २९ बर्षीय दिलबहादुर बललाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार साँझ ४ बजेर ४५ मिनेटको समयमा मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले राक्सिराङ–५ परेवाभिरमा बललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

१५ किलो ९ सय ग्राम गाँजासहित बललाई प्रहरीले पक्राउ गरेको जनाएको छ । कैलाश गाउँपालिकाको भार्ताबाट मनहरी गाउँपालिकाको मनहरी बजारतर्फ पैदल जाँदै गरेका बललाई प्रहरीले सुरक्षाजाँच गर्ने क्रममा लागूऔषध बरामद गरेको हो । बललाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ ।