तस्बिरः गुगल ।

हेटौंडाः हेटौंडा १० स्थित गोरक्षश्वर स्वाब सङ्कलन केन्द्रबाट सोमबार ५४ जनाको स्वाब नमुना सङ्कलन गरिएको छ ।

४४ जना महिला र १० जना पुरुष गरी ५४ जनाको स्वाब नमुना सङ्कलन गरी कोरोना परिक्षणको लागि हेटौंडा अस्पताल पठाइएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरिक्षक भोला चौंलागाईले जानकारी दिनुभयो ।

आइतबारको तुलनामा सोमबार स्वाब दिनेको सङ्ख्या घटेको छ । हिजोको भन्दा आज स्वाब दिनेको सङ्ख्या ६४ जनाले घटेको छ ।