हेटौंडाः नेपाली कांग्रेस मकवानपुरले हेटौंडा–१५ को दुई टोलका ४० घरपरिवारलाई शुक्रबार खाद्यान्न वितरण गरेको छ । कांग्रेस हेटौंडा उपमहानगरपालिका १५ का कार्यबाहक सभापति नवराज घलानको सभाध्यक्षता एवम् हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुलीको आतिथ्यमा फारलाईन र कमेरोपानी टोलमा खाद्यान्न वितरण गरिएको हो ।
कोरोना महामारीका कारण रोजीरोटीमा समस्या परेका एकल महिला तथा गरिब ४० घर परिवारलाई नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति मकवानपुरका संयोजक उत्सव ईटेनीको विशेष सहयोगमा प्रतिपरिवार चामल एक बोरा, नु न, तेल, दाललगायतका खाद्यसामग्री वितरण गरिएको हो । खाद्यान्न वितरण कार्यक्रममा कांग्रेसनगर सदस्य गणेश भ्लोन, लालबहादु र घलान, देवि मिश्र, मिनबहादुरघलान, रामवीर राजथलालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।