हेटौंडाः लायन्स क्लब अफ हेटौंडा इन्टेलेक्चुअलको पद हस्तान्तरण कार्यक्रम शुक्रबार भएको छ । हेटौंडामा सीमित व्यक्तिको सहभागितामा पद हस्तान्तरण कार्यक्रम भएको हो ।
बर्ष २०२०-२१ का अध्यक्ष भानुभक्त थपलियाको अध्यक्षता तथा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ का निवर्तमान डिष्ट्रिक्ट गभर्नर शम्भु नकर्मीको प्रमुख आतिथ्य रहेको पद हस्तान्तरण कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ का क्लब एक्स्टेन्सन एक्जुकेटिभ चिफ टासी डोल्मा तुम्बाहाङ्फे, एनएलएफ एक्जुकेटिभ चिफ शिव विडारी, को–चिफ एड्भाइजर विष्णुगोपाल महर्जन, एरिया को–चिफ किशोर टण्डनको आतिथ्य रहेको थियो ।
बर्ष २०२१-२२ का लागि अध्यक्ष निर्वाचित राजेन्द्र पोखरेललाई पद हस्तान्तरण गरिएको हो । पद हस्तान्तरण कार्यक्रममा लायन्स क्लब अफ हेटौंडा इन्टेलेक्चुअलको बार्षिक कार्यक्रमको समीक्षा गरिनुका साथै लायन्स अभियानकै विषयमा पनि छलफल भएको थियो । लायन्स क्लबको संख्या र सार्थकताको विषयमा समेत चर्चा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय समुदायमा नेपाललाई चिनाउने अवसर पनि लायन्स हुन सक्ने बताइएको थियो । एक व्यक्ति, एक कार्यकालको अवधारणा महत्वपूर्ण रहेको उल्लेख गर्दै क्लबले आगामी कार्यकालमा प्रभावकारी कार्य गर्न योजना बनाउनुपर्नेमा सहभागीले सुझाएका थिए । कार्यकाल पूरा गरेर जिम्मेवारी हस्तान्तरण गर्नुभएका भानुभक्त थपलियाले अतिथि तथा क्लबका पदाधिकारी एवम् सदस्यहरुलाई मायाको चिनोको रुपमा पुस्तक उपहार प्रदान गर्नुभएको थियो ।