राधा कुमारी महतो नवोदय शिशु सदन

त्यो प्रजाति जसलाई जन्मँदै मर्न सिकाइन्छ
सहनशीलता गुण हो बताई
पलपल चुप गराइन्छ
मनमा सहनु नामक पिटारा स्थापना गरिन्छ
जो एक एक पीडाले भरिन्छ ।

हर युगमा अग्नि परीक्षाको नियम लगाइन्छ
जिउँदै निर्जीव बनी बाँच्न बाध्य बनाइन्छ
चञ्चल र चुलबुले स्वभावको रमितालाई
बलात्कृत गरी मौनताको लामो दलदलमा धकेलिन्छ
जहाँ उसका निश्छलता निचोरिन्छ ।
गर्भकोत्योकोपिला फक्रन नपाई चिमोटिन्छ
संसार देख्नबाट वञ्चित गरिन्छ ।

सुन्दर मुस्कान भएको शान्तिको
अनुहारमा एसिड फाली
असहय पीडा खप्न बाध्य गरिन्छ
उसको आत्मविश्वासलाई छली गरिन्छ ।
युगौयुगको कथा चीरहरणमा कति द्रोपदी
चिज मानी बाडिन्छ र फेरि दाउ पेचमा हारिन्छ
जुन युगमा पनि पतिवर्तनको अन्धविश्वासी रित बनाइन्छ
सती प्रथाको नाम दिएर जिउँदै पतिसँग जलाइन्छ
म नारीको अस्तित्वलाई मेटाइन्छ ।

मलाई दुर्गा, लक्ष्मी भनी घरघरमा
सम्बोधन गरेर पूजा गरिन्छ ।
यता मेरो मूर्तिलाई शीरमा सजाइन्छ र
मेरो सामु झुक्छन्
उता आफ्नो अगाडिको
जीवित देवीको अस्तित्वलाई हेला गरिन्छ ।
यो समाजले यस्तोदोधार नियम बनाएको
मूर्तिलाई शिरमा सजाई जीवितलाई पाउमा कुल्चेको
धर्तीको सम्बोधन गरी आमाको उदाहरण दिँदै हिँड्छन्
र आफ्नै आमा, पत्नी र छोरीको
सम्मान गर्न भुसुक्कै भुल्छन् ।
ए समाज सिक नारीको सम्मान गर्न
नारी गौरी हो भने काली नि बन्न सक्छन्
तसर्थ सिक नारीको सम्मान गर्न ।