हेटौडाः बागमती प्रदेश सरकारको आगामी वर्ष ०७८÷७९ को बजेट प्रदेशसभाबाट बहुमतले पारित हुने भएको छ । सरकारले प्रमुख प्रतिपक्ष माओवादी र कांग्रेससँग छलफल गरेसँगै बजेट पास हुने भएको हो ।
असार १७ गतेबाट प्रदेसभा सभा स्थगित हुँदै आएको थियो । असार २७ गते सरकार र विपक्ष दल सहमति भएपश्चात बैठक बसेको थियो ।

प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले पनि विना पूर्वाधार विद्युतीय बस खरिद नगर्ने सदनमा प्रतिबद्धता गर्नुभएको छ । ३० वटा विद्युतीय बस खरिद गर्दा २० वटा उपत्यकाको रुटमा चल्ने भन्दै भरतपुर, हेटौंडा, धुलिखेल र काठमाडौं उपमहानगरमा चार्जिङ स्टेशन निर्माण गरिने पौडेलले बताउनुभयो । उहाँले काठमाडौंमा स्लो चार्जर र लामो दुरीमा छिटो चार्ज हुने भइकल चार्जिङ मेशिन राखिने बताउनुभयो ।
सर्शत अनुदान सप्लाईको आधारमा हुने हुँदा मागेर नपाउने स्पष्ट गर्नुभयो । सदनमा मिडिया हाउस संचालन नभएर प्रेस छापा खाना खोल्ने सरकारको कुरा ठिक भएको कांग्रेस बागमती संसदीय दलको नेता इन्द्र बानियाँले बताउनुभयो । भौगोलिक क्षेत्रअनुसार बजट नआएर गरिब र मजदुर तथा दलितलाई आगामी बजेमा कतै सम्बोधन नगरेको भन्दे बानियाँले विरोध नै जनाउनुभएको छ । प्रमुख प्रतिपक्ष दल माओवादीका नेता शालिकराम जम्कट्टेले भने दलित, अपल्सङ्ख्याकलाइ लक्षित नभएर नियन्त्रीत बजेट आएको बताउनुभयो । विद्युतीय बसको पूवार्धार र सुरुङमार्ग निर्माण उनले सदनमा विरोध गरेपनि लचकता देखाएका हुन् । उनीले सन्तुतिल बजेट नआएको पनि दाबी गर्नुभयोे ।

सांसद न्यूक्षेनारायण श्रेष्ठले भने बजेट सन्तुलन नभएको भन्दै मन्त्रीमुखी बजेट ल्याएको बताउनुभयो । सांसद युवारा दुलालले सरकारले सुरुङमार्ग निर्माणमा बालजिद्धि गरेको बताउनुभयो । स्वास्थ्य, शिक्षा, कृषिमा पर्याप्त बजेट विनियोजन नभएकोमा असन्तृष्टि व्यक्ति गरे । प्रदेश सरकारले नकिन्ने कोभिड खोप किन्न २ अर्ब बजेट छुट्टाएको भन्दै खर्च नै नहुने दुलालले ठोकुवा गरे । विद्युतीय बस खरिद गरेर जनताले गुडाउने गरी पूर्वाधार निर्माण नै नभई प्रदेश विद्युतीय युगमा नजाने बताउनुभयो ।

सांसद हिरानाथ खतिवडाले मन्त्री र मुख्यमन्त्रीको निर्वाचन क्षेत्र लक्षित गरेर आफ्नो मान्छे पोस्न मात्र आएको बताए । सांसद सुरेन्द्रराज गोसाईले चौथो बजेटसम्म फेलिएर बजेट ल्याएको भन्दै समाजवादको सामान्य विन्दुमा समेत सरकार पुग्न नसकेको धारणा राख्नुभयो ।

सांसद गिता वाग्ललेले चितवन महानगरको मेयरसँगको प्रतिशोधले चितवनको स्मार्ट सिटीमा बजेट नराखेकोमा असन्तुष्टि जनाइन् । प्रदेश सरकारले मेयरको प्रतिसोधले गर्दा बजेटमा नसमेटेको भन्दै नालयकी सरकारलाई लाज हुनुनपर्ने भन्दै आक्रोश उनले व्यक्त गरिन् ।


सांसद विशाल खड्काले बजेट खारेज हुनुपर्ने बताउनुभयो । दलाल पुँजिवादी तर्फको बाटोमा जाँदै गर्दा बजेट विभेदकारी भएको उहाँको ठहर छ । आफ्नो गृह जिल्ला दोलमा बजेटको ० दशमलब ६५ प्रतिशत बजेट विनियोजन गर्दा मन्त्री र मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा ६५ प्रतिशत सम्म बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।

सांसद प्रभात तामाङले आगामी स्थानीय तहको निर्वाचन लक्षित भएको भन्दै कार्यकर्ताले माग गरेको बजेट आएको बताउनुभयो । बनजेटमा दिगो विकासको आधार देखिएको भन्दै पूर्ण असन्तुलित र निर्वाचन लक्षित, नीति तहमा पहिलो चरणमा प्रदेश सरकार भ्रष्टचार उन्मुख भएको बताए । यस्तै प्रदेशमा आइतबार सांसदहरुले बजेटबारे एकमुष्ठ छलपल सुरु गरेका हुन् । सांसद भावना सुवेदीले अहिलेको बजेटको उद्देश्य, इतिहासँग लिंक तथा भविष्य पनि नभएको भन्दै सामाजवाद गर्न आफुलाई लाज लागेको बताइन् । आगामी बजेट हात्ति आयो हात्ति अयाो फुस्क जस्तै भएको उहाँको धारणा छ ।

सांसद रजनी अमात्यले बर्षेभर बजेटको आकार बढाएर ल्याउने तर खर्च न्यून गर्ने प्रवृतिले विकास नहुने टिप्पणी गरिन । बामगती प्रदेश सभाको अधिकांश सांसहरुले बजेटको हरेकवर्ष जस्तै बजेटको विरोध गर्दै आएका छन् ।

सांसदहरु अधिकांश आफ्नो निर्वाचन क्षेत्र, आफ्नो स्थानीय तह, जिल्लामा मात्र कम बजेट प¥यो, मागेको जति बजेट नपारेको भन्दै आक्रोशिन पनि छन् । मन्त्री र कार्यकर्ता पोस्नकै लागि बजेट केन्द्रित भएको सांसद दिपेन्द्र श्रेष्ठले बताउनुभयो ।