फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा–१० स्थित स्वाब संकलन केन्द्रबाट शुक्रबार ५६ जनाको स्वाब नमूना संकलन भएको छ । २९ जना महिलासहित ५६ जनाको स्वाब नमूना संकलन गरेर हेटौंडा अस्पतालको पीसीआर प्रयोगशालामा कोरोना परीक्षण गर्न पठाइएको हेटौंडा उपमहानगरको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।