हेटौंडाः मकवानपुरमा ६८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले आज दिउँसो सार्वजनिक गरेको विवरणअनुसार ४० जनाको पीसीआर रिपोर्ट पोजेटिभ र २८ जनाको ऐन्टिजेन पोजेटिभ आएको छ ।

योसहित मकवानपुरमा कुल संक्रमित १० हजार ६ सय १० जना पुगेको छ । यस्तै हालसम्म ९ हजार ४ सय १० जना कोरोना सक्त भएका छन् भने १ सय २१ ज्नाको कोरोनाको कारण मृत्यु भएको छ ।