हेटौंडा– बस्तीपुर जेसीज हाँडीखोलाको सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । सप्ताहव्यायपी कार्यक्रमको पहिलो कार्यक्रमको रुपमा बुधबार बिहान हेटौंडा–१९ स्थित चिल्ड्रेन पार्क, बासुदेवमा वृक्षरोपण गरिएको छ । मसला, अशोक, धुपी, गोल्डेन, तेजपत्तालगायत विभिन्न प्रजातिका एक सय वटा विरुवा रोपिएको कार्यक्रम संयोजक सुरज वर्तौलाले जानकारी दिनुभयो ।

बस्तीपुर जेसीज हाँडीखोलाका अध्यक्ष राजेश भेटवालको अध्यक्षतामा भएको वृक्षरोपण कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष अरुण दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मुल कार्यक्रम संयोजक तेजप्रसाद उप्रेती रमेश, सहमुल कार्यक्रम संयोजक शंकर नेपाल, महासचिव प्रेम गोङ्बा, कार्यक्रम संयोजक सुरज वर्तौलालगायतको उपस्थिति रहेको थियो ।

विभिन्न ७ वटा कार्यक्रम गर्दै असार ११ गते जेसीज सप्ताह सम्पन्न हुनेछ । जेसीज सप्ताहअन्तर्गत बुधबार नै रजैया पुल र लेवट घुम्तीमा कोभिड सचेतना बोर्ड स्थापना गर्ने कार्यक्रम राखिएको छ ।