हेटौंडाः एफसी विजय युथको आयोजनामा ९० जनालाई रक्तदान गरेका छन् । रक्तदान दिवसको सन्दर्भमा बुधबार हेटौंडा–२ स्थित क्लब परिसरमै रक्तदान कार्यक्रम भएको हो ।
रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको एफसी विजय युथका अध्यक्ष सुदीप राजबाहकले जानकारी दिनुभएको छ । बिहीबार जेसीआई बस्तीपुरको आयोजनामा बस्तीपुरमा रक्तदान कार्यक्रमको आयोजना हुँदैछ ।