बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक बसन्तकुमार लामा

हेटौंडाः मन्त्रीस्तरीय निर्णयबाट नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डिआईजी) हरुको सरुवा भएको छ । सोमबार गृहमन्त्री खगराज अधिकारीले १६ जना डिआईजीहरुको सरुवा गर्ने निर्णय गर्नुभएको प्रहरी प्रधान कार्यालयको मानव श्रोत एवम् प्रशासन विभागले जनाएको छ ।

DIG_transfer_2078_03_07

डिआईजीहरुको सरुवाको निर्णयअनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख डिआईजी बसन्त कुमार लामाको पनि सरुवा भएको छ । डिआईजी लामाको प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा सरुवा भएको छ । डिआईजी लामा २०७७ साल बैशाख ११ गते बागमती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

१३ महिना प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्ने क्रममा डिआईजी लामाले प्रहरी सेवा सुदृढीकरणको प्रयास गर्नुभएको थियो । प्रदेश प्रहरी कार्यालयको भौतिक संरचनाको विकास, प्रहरी कर्मचारीको आचरण सुधारमा पनि महत्वपूर्ण कार्य गर्नुभएको थियो । बागमती प्रदेश प्रहरी प्रमुखमा डिआईजी प्रकाश जंग कार्की आउनुहुने भएको छ ।

SSP_transfer_2078_03_07

यस्तै मन्त्रीस्तरीय निर्णयबाटै वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको पनि सरुवा भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामै कार्यरत एसएसपी मीरा चौधरीको पनि सरुवा भएको छ । एसएसपी चौधरीको १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा सरुवा भएको छ । एसएसपी चौधरी २०७७ मंसिरमा बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा भएर आउनुभएको थियो ।

बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी चौधरीको सरुवा भए पनि नयाँ एसएसपी को आउने भन्ने निश्चित नभएकोले एसएसपीको दरबन्दी खाली रहने भएको छ ।