हेटौंडाः मकवानपुरमा सोमबार ८९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार दिउँसो सार्वजनिक गरेको विवरणमा ४२ जनाको पीसीआर र ४७ जनाको ऐन्टिजेन रिपोर्ट पोजेटिभ आएको हो ।

सोमबार हेटौंडाका ४१ ज्ना, थाहा नगरको ३ जना, मकवानपुरगढीको ४ जना, बागमती गाउँपालिकाको १८ जना, कैलाश ३, मनहरी १६, बकैयाँ ३ र राक्सिराङका १ जनामा कोरोना पुष्ट भएको हो । सोमबार ९७ जना जिल्लामा कोरोनामुक्त भएका छन् ।

१३ जना संस्थागत आइसोलेसन र ८४ जना होम आइसोलेसनमा बसेकाहरु कोरोनामुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले बताउनुभयो । यस्तै जिल्लामा कोरोनाको कारण हालसम्म ११७ जनाको मृत्यु भएको छ ।