हेटौंडाः हेटौंडा अस्पतालमा उपाचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मकवानपुरको मनहरी–१ की ७४ वर्षीकी एक महिला र बागमती गाउँपालिका ७ नम्बर वडाको ७३ वर्षीय एक पुरुषको मृत्यु भएको हो । यो सहित हेटौंडा अस्पतालमा कोरोनाको दोस्रो लहरमा उपचारको क्रममा ८७ जनाले ज्यान गुमाएका छन् ।
अहिले अस्पतालमा ४० जना संक्रमितको उपचार भइरहेको अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो ।