फाइल तस्बिर ।

हेटौंडाः शुक्रबार हेटौंडामा आयोजित रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको प्रमूख टंक दाहालले जानकारी दिनुभएको छ । पताञ्जली योग समितिको मकवानपुरको स्थापना दिवसको अवसरमा शुक्रबार नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको कार्यालयमा रक्तदान कार्यक्रम भएको हो ।

नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको समन्वयमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रम वारिष्ठ पत्रकार प्रताप विष्टको प्रमूख अतिथ्यतामा भएको हो ।