Home खेलकुद युरोकपमा आज राति पनि तीन खेल

युरोकपमा आज राति पनि तीन खेल

एजेन्सी – युरोपेली च्याम्पियनसिपको समूह चरणको खेलमा आज (सोमबार) राति समूह ‘डी’ को स्कटल्यान्ड र स्लोभाकियाले प्रतिस्पर्धा गर्दा समूह ‘ई’ को दुई खेल हुँदैछ ।

जायन्ट किलरको छवि बनाएको स्कटल्यान्डले २३ वर्षपछि ठुलो प्रतियोगिताको लागि मैदान उत्रदा चेक रिपब्लिकलाई हराउने लक्ष्यमा हुनेछ । खेल ग्लास्गोमा नेपाली समयअनुसार राति ६ः४५ बजे हुनेछ । स्कटल्यान्ड सन् १९९८ पछि पहिलोपटक ठुलो प्रतियोगितामा उत्रदैछ ।

समूह ‘ई’ मा रहेको पोल्यान्डले सेन्ट पिटर्सवर्ग रसियामा स्लोभाकियासँग खेल्दैछ । खेल नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ । पछिल्लो तीन खेलमा जित निकाल्न नसकेको पोल्यान्ड स्लोभाकियालाई हराउँदै जितको लयमा फर्कन चाहन्छ ।

तीनपल्टको युरोपेली च्याम्पियन स्पेनले आज राति घरेलु मैदानमा स्वीडेनको सामना गर्दैछ । खेल सेभियामा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ ।

Exit mobile version