Home मुख्य समाचार मकवानपुर साइक्लिङ संघका संस्थापक अध्यक्ष नरेश राजभण्डारीको निधन

मकवानपुर साइक्लिङ संघका संस्थापक अध्यक्ष नरेश राजभण्डारीको निधन

हेटौंडाः मकवानपुर साइक्लिङ संघका संस्थापक अध्यक्ष तथा आदिबासी जनजाती महासंघ हेटौंडा नगर अध्यक्ष नरेश राजभण्डारीको निधन भएको छ ।

आज दिउँसो ३ बजे सन्चो हस्पिटलमा उपचाररत भण्डारीको हृदयघातका कारण निधन भएको हो । ५४ वर्षको राजभण्डारीको आजै राप्तीमा अन्त्येष्टि गरिएको छ । उनको शरीरलाई आदिबासी जनजाती संघले झण्डा ओढाएको थियो ।

Exit mobile version