Home मुख्य समाचार बागमती प्रदेश सांसद वैद्य पक्राउ परे कांग्रेसले शसक्त प्रतिवाद गर्ने

बागमती प्रदेश सांसद वैद्य पक्राउ परे कांग्रेसले शसक्त प्रतिवाद गर्ने

हेटौंडाः जिल्ला प्रहरी कार्यालयमा मकवानपुरमा प्रधानमन्त्री केपि शर्मा ओलिविरुद्ध हिंसात्मक अभिव्यक्ति दिएका कांग्रेस सांसद नरोत्तम वैद्य विरुद्ध परेको उजुरी विरुद्ध कांग्रेस बागमती संसदीय दलले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सांसद वैद्य उपर राजनीतिक प्रतिसोधको आधारमा सरकारको दबाब र प्रभावमा जाहेरी दर्ता भएको प्रति कांग्रेस बागमती प्रदेशको संसदीय दलको ध्यानाकर्षण भएको भन्दै दलका नेता इन्द्र बानियाँले एक प्रेस विज्ञप्ती जारी गरेका छन् ।

‘प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मत लाई लिएर प्रदेश सभाको सदस्यलाई पक्राउ गर्ने थुनामा राख्ने वा चिज उपर कुनै अदालतमा कारबाही चलाइने छैन भन्ने संविैधानकि व्यवस्थाको पूर्णैरुपमा बर्खिला बदयितपूर्ण तवरबाट जाहेरी दर्ता भएको मा बागमती प्रदेश संसदीय दलले गम्भिरआपति पं्रकट गर्दछ ।’ प्रेस विज्ञप्तिीमा भनिएको छ, ‘प्रदेश सभाको विशेषधिकारको हनन् गर्दै प्रदेश सभाको मानहानी गर्ने कार्य नेपालको संविधानको बर्खिलापमा छ । प्रहरी अनुसन्धान अधिधारी लगायत सरकारका कुनै पनि निकयाले यसो गर्नै काुननी अधिकार छैन साथै संवैधानिक मुल्य र मान्य र संसदीय अभ्यास माथि गम्भीर आघात पु¥याएको दलले ठहर गरेको छ । यसप्रति संसदीय दलले घोर भत्र्सना गर्दछ ।’

सांसद नरोत्तम वैद्यले आत्मोलचना गर्दै संसदमा उभिएर आफ्नो अभिव्यक्ति फिर्ता लिँदै माफि समेत मागिसकेका छन् । उनले आफ्नो अभिव्यक्ति समभामुखलाई संसद रेकर्डबाट हटाउन समेत अनुरोध गरेसँगै संसद रेकर्डबाट हटाउन सभामुख सानुकुमार श्रेष्ठले आदेश दिएका थिए । तर आवश्यक परेमा गैर संवैधानकि कार्यको नेपाली कांग्रेस बागमती प्रदेशले प्रदेश संभामा शसक्त प्रतिवाद गर्ने दलका नेता इन्द्रबानियाँले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

Exit mobile version