हेटौंडाः नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मकवानपुरले हेटौंडा अस्पताललाई मेडिकल ग्लोब्स हस्तान्तरण गरेको छ । महासंघले २४ हजार रुपैयाँ बराबरको दुई काटुन ग्लोब्स हस्तान्तरण गरिएको महासंघका केन्द्रीय सदस्य विष्णुहरि पण्डितले जानकारी दिनुभएको छ ।
नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ मकवानपुरका अध्यक्ष चक्रधर विडारी र संविधान सभा सदस्य अनन्तप्रसाद पौडेलले शनिबार बिहान हेटौंडा अस्पताल मै पुगेर हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाईँलाई ग्लोब्स हस्तान्तरण गर्नुभएको हो ।
ग्लोब्स हस्तान्तरण कार्यक्रममा महासंघका केन्द्रीय सदस्यद्वय राजेन्द्र लामिछाने र माधव ज्ञवाली, महासंघ मकवानपुरका उपाध्यक्ष प्रेमप्रसाद बोलखे र सचिव श्याम मुडभरीको पनि उपस्थिति रहेको थियो ।