हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले शनिबार दिउँसो सार्वजनिक गरेको विवरण ।

हेटौंडाः शनिबार मकवानपुरका २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार संकलित ६५ जनाको स्वाब परीक्षण गर्दा २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

हेटौंडा उपमहानगरपालिकाको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाले शनिबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार ११ जना महिला र १२ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये हेटौंडा उपमहानगर क्षेत्रका २२ जना र बकैया गाउँपालिकाका एकजना रहेका छन् ।