सांकेतिक तस्वीर ।

हेटौंडाः पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा थप २ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । ५ दिनदेखि अस्पतालको आइसियूमा उपचाररत हेटौंडा–१८ को ७२ वर्षीय एक पुरुष र हेटौंडा–१४ को ७५ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।

७२ वर्षीय पुरुषको आज बिहान ७ बजेर १८ मिनेटमा मृत्यु भएको हो भने ७५ वर्षीय पुरुषको गएराति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको अस्पतालका सुचना अधिकारी राजिव झाले जानकारी दिनुभयो । अस्पतालमा यो सहित कोभिड संक्रमणका कारण ७९ जनाको मृत्यु भएको छ ।