हेटौंडाः हेटौंडा उपमहानगर क्षेत्रमा ६२ देखि ६४ वर्ष उमेर समूहमा व्यक्तिलाई कोभिड–१९ विरुद्धको खोप आजै लगाइने भएको छ ।
आज बिहान अर्को सूचना नभएसम्मका लागि खोप कार्यक्रम स्थगित गरिएको भनिएको थियो । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले प्राविधिक कारणले खोप कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जानकारी गराउनुभएको थियो ।
तर, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले भने केही आन्तरिक समस्या देखिए पनि त्यसको समाधान गरेर बिहान ११ बजेबाट खोप कार्यक्रम सुरु हुने जानकारी दिनुभएको छ । हेटौंडा उपमहानगरक्षेत्रमा चीनबाट ल्याइएको भेरोसेल खोप लगाइँदैछ । आज र भोलि दुईदिन नगरका २० स्थानमा खोप लगाइँदैछ ।