हेटौंडाः मकवानपुरमा शुक्रबार ३३ जनामा कोरोना पुष्टि भएको छ । १२ जना महिला र २१ जना पुरुषमा कोरोना पुष्टि भएको हेटौडा उपमहानगरको आयूर्वेद तथा जनस्वस्थ्य प्रवर्धन शाखाले जनाएको छ ।
संक्रमित हुनेहरुमा थाहा नगरको २, मकवानपुरगढीको ५ जना र मनहरी १ जना तथा अन्य सबै हेटौंडा उपमहागको संक्रमितहरु भएको जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । बिहीबार स्वाब संकलन गरेका ११९ जनाको कोरोना परीक्षण गर्दा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।