हेटौंडाः हेटौंडा अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर प्राप्त भएको । मंगलबार उद्योग वाणिज्य संघ मकवानपुरका निर्वतमान अध्यक्ष राजकुमार न्यौपानेको समूहले ५० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो ।

बारा जिल्लाबाट अक्सिजन सिलिन्डर ल्याएर हेटौंडा अस्पतालका अध्यक्ष राजेश प्रसाईलाई हस्तान्तरण भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार समेत रहनुभएका न्यौपानेको समूहले सिलिन्डर उपलब्ध गराएको हो । कोभिड सङ्क्रमण बढ्दै गएपछि गत बैशाखमा हुने भनिएको उद्योग वाणिज्य संघ मकवानपुरको निर्वाचन स्थगित भएको थियो ।