हेटौंडाः मकवानपुरमा सोमबार १ सय ७२ कोरोना संक्रमित थपिएका छन् । दिउँसो ३ बजेसम्म जिल्लामा १ सय ५२ जनाको कोरोनाको पीसीआर रिपोर्ट र २० जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

हेटौंडाका १५२ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । यस्तै थाहा नगर, बागमती गाउँपालिकका दुई–दुई जनामा एन्टिजेन पोजेटिभ देखिएको छ । मनहरी १०, भीमफेदी ५ र राक्सिराङमा एक जनामा एन्टिजेन पोजेटिभ देखिएकोे स्वास्थ्य कार्यालय मकवानपुरले जारी गरेको विवरणमा उल्लेख छ ।