आफ्ना गाउँपालिकामा बालश्रम र बालविवाह विरुद्व आवाज उठाउँदा आफूले बोक्नुपरेका चुनौती र अनुभव सुनाउनुहुँदै मनहरी गाउँपालिकाका वडास्तरीय बाल सञ्जालका अध्यक्ष आशिष बुढाथोकी ।

हेटौंडाः शनिबार भर्जुअल माध्यमबाट शशव मञ्च नेपालद्वारा बाल मैत्री सम्बन्धि अन्तरक्रिया तथा अनुभव साटासाट कार्यक्रम भएका छन् । शशव मञ्च नेपाल बागमती प्रदेशका प्रमूख सुजन सापकोटाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । सापकोटाले बालबालिका अगाडि बढे नेपाल समृद्ध र सुखी नेपाली अभियानमा अगि बढ्ने जानकारी दिनुभयो ।

बाल मैत्री वडा घोषणा भए पनि कतिपय ठाउँमा आफू खुसी बालविवाह बढेकोमा सरोकार निकायले चिन्ता व्यक्त गरेका छन् । जुन बाल मैत्री वडा घोषणा भएका वडाहरुमा बालविवाह जस्ता जघन्य अपराध बढ्नु निति र नियम उल्लेख भए पनि कार्यान्वयन नभएको सापकोटाले जानकारी दिनुभएको छ ।

सापकोटाका अनुसार आफ्ना छिमेकीका बालविवाह रोक्न खोज्दा मार्ने धम्की आएको र राम्रो काम गर्दा चुनौतीको समाना गर्नुपर्ने बताउनुभयो । त्यसैले बालबालिका आफैँ बालविवाह नगर्ने निर्णय भए मात्र समस्याको समाधान हुने र बाल अधिकारकर्मीहरुले पनि सक्षम रुपमा आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । प्रत्येक वडामा जनप्रतिनिधी रहेकोले बाल सञ्जाल र बालक्लाबलाई सक्रिय बनाउन सजिलो हुने बताउनुभयो । बालबालिका सम्बन्धि विज्ञता प्राप्त व्यक्तिहरुले बालअधिकारका लागि सरोकार निकायलाई ध्यानाकर्षण गराउने छ ।

अनुगमन र अनुसन्धानका क्रममा विभिन्न तथ्यांकहरुले गरिबीका कारण बालविवाह बढेको प्रमाणित गरेको बताउनुभयो । जसकारण प्रत्येक परिवारका एक जना सदस्यलाई अनिवार्य रोजगारको व्यवस्था गराउने छ । जनताद्वारा निर्मीत जनप्रतिनिधीहरुलाई आफ्ना वडाका बालबालिकाको समस्या र स्थितिबारे अनुगमन र अनुसन्धान गरिने वातावरणको सिर्जना गरिने बताउनुभयो । वडास्तरीय बाल सञ्जाल र प्रत्येक वडाका विद्यालयमा रहेका बालक्लबहरुलाई निति तथा योजना निर्माण र कार्यक्रम सञ्चालनका लागि आर्थिक समस्या हुने गर्दछ । बाल मैत्री वडा र बाल मैत्री नगरले गति लिए मात्र २०८२ सालभित्र देशलाई नै बाल मैत्री घोषणा गर्ने सरकारको लक्ष्यमा सहयोग पुग्ने उहाँले बताउनुभयो । कोरोना भइरस संक्रमण बढेको अवस्थामा बालबालिका दुव्र्यवहारमा पर्ने हुँदा अनुगमनलाई तिव्रता दिने बताउनुभयो ।

त्यसैले यस मञ्चले सम्बन्धित वडामा आएका बजेट सदुपयोग गराउन वडाका जनप्रतिनिधी र नगर प्रमूखहरुलाई केही रकम बालबालिकाको क्षेत्रमा प्रयोग गराउने कार्यमा समन्वय गरिने जानकारी सापकोटाले जानकारी दिनुभएको छ । कार्यक्रममा काभ्रे जिल्ला स्थित पनौती नगरपालिकाका नगरप्रमूख भीम न्यौपानेको प्रमूख अतिथ्यता रहेको थियो ।

पनौती नगरपालिकामा १२ वटा वडा रहेको र ४ वटा वडामा अहिलेसम्म बालमैत्री वडा घोषणा गर्न नसकेको न्यौपानेले जानकारी दिनुभएको छ । ८ वटा वडामा भने बालमैत्री वडा घोषणा गर्न सफल भएपनि २ वटा वडामा बालबालिका बालश्रम प्रयोग गर्ने दर बढि रहेकोले बाल मैत्री वडा घोषणा हुन नसकेको बताउनुभयो । १ सय ६ वटा बालक्लब रहेको र अब बालउद्यको रुपमा बालबालिकालाई सक्रिय बनाउने बताउनुभयो । मेयरले पनौती नगरपालिकाको हितमा बालबालिकाको क्षेत्रमा कार्यक्रम सक्रिय बनाउन आफू सक्रिय रहेको र निरन्तरता दिने प्रतिवद्वता व्यक्त गर्नुभएको छ । बालमैत्री वडा घोषणा हुन ४९ वटा सुचाङ्क पुरा भएको हुनुपर्ने न्यौपानेले जानकारी दिनुभएको छ ।

जुन विद्यालय जाने उमेरका बालबालिका सबै विद्यालय गएको हुुनुपर्ने बताउनुभयो । गुणस्तरीय शिक्षा साथै सबै बालबालिका स्वस्थ भए मात्र बाल मैत्री वडा घोषणा हुने बताउनुभयो । पालिका, अभिभावक, विद्यालय र बालबालिकाको बाल मैत्री वडा घोषणा भएसँगै सामाजिक रुपान्तरणमा कार्यान्वयन हुन भूमिका हुने बताउनुभयो । कार्यक्रममा पनौती नगरपालिकाका वडास्तरीय बाल सञ्जालका अध्यक्ष सरिता सापकोटा, मनहरी गाउँपालिकाका वडास्तरीय बाल सञ्जालका अध्यक्ष आशिष बुढाथोकी लगायत बाल अधिकारकर्मीहरुले आफ्ना अनुभव सुनाउनुभएको थियो ।