सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडा –१० स्थित राप्तिखोलामा एक प्रहरीको शव फेला परेका छन् । उच्च अदालत पाटन हेटौंडा इजलास सुरक्षामा खटिएका प्रहरी सहायक निरीक्षक केशवबहादुर खत्रीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ ।

गोरक्षेश्वर मन्दिर नजिक खोलामा डुबेको अवस्थामा खुट्टाको भाग र बाँकी भाग बाहिर रहेको अवस्थामा फेला परेको रिमालले जानकारी दिनुभएको छ । स्थानिय वासिन्दाले विहान शव देखेपछि प्रहरीलाई खबर भए पश्चात प्रहरीको टोली उक्त घटना स्थलमा खटिएको उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ ।