हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरको २६५ औँ नियमित साहित्य शृङ्खलाका अवसरमा झरना–बकैया बाल साहित्य परिचालन समिति गठन भएका छन् । भर्जुअल माध्यमबाट आज विजय दोङको नेतृत्वमा १३ सदस्यीय बाल साहित्य परिचालन समिति चयन भएको हो ।
झरना साहित्यिक परिवार मकवानपुरका अध्यक्ष दिपक गौतमको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।समितिको संयोजकको रुपमा झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष चिरञ्जीवी लामिछाने र सचिवमा स्वास्तिका दाहाल मनोनित भएका छन् । परिचालन समितिका सदस्यहरूमा बकैया गाउँपालिकामा रहेका सम्पूर्ण माध्यमिक विद्यालय र आधारभूत विद्यालयहरुमा यसअघि नै गठन भएका बालसाहित्य समूहका ११ जना अध्यक्ष विद्यार्थीहरू मनोनित भएका छन् ।
झरनाले पछिल्ला वर्षहरूमा “सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान“ थालेका छन् । बकैया गाउँपालिकाभित्रका मावि तथा आविमा स्थलगत रूपमा उपस्थित भई काव्य प्रशिक्षण गरी बालसाहित्य समितिहरु गठन भएको थियो । जुन बालसाहित्य समितिहरुका गतिविधिलाई यस समितिले प्रभावकारी बनाउने उद्देश्यले समिति गठन गरिएको गौतमले जानकारी दिनुभएको छ ।
झरना साहित्यिक परिवार मकवानपुरका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीको प्रमूख अतिथ्यता रहेको थियो । अधिकारीले नयाँ पुस्तालाई राम्रोसँग परिचालन गर्न सके आगामी दिनमा पनि साहित्यको नेतृत्व स्थापित हुन सक्नेमा ढुक्क रहेको बताउनुभयो । कार्यक्रममा सहभागीहरले आफ्नो बौद्धिक क्षमता साथै सामाजिक परिवर्तनमा सर्जक र साहित्यकारहरुको भूमिका औंल्याउँँदै रचना वाचन गरेका छन् ।
कालिदेवी मावि, शिखरपुरका प्रअ हरिवंश चौधरी, बुद्ध मावि, हात्तिसुँडेका शिक्षक हरि घिमिरे, शुभलक्ष्मी प्रभा, झरना साहित्यिक परिवार मकवानपुरका सचिव मसान उपासक लगायतको कार्यक्रममा सहभागी रहेको थियो ।