राधा कुमारी महतो

गन्तव्यको बाटो सङ्घर्ष निर्माण गर्नु गर्दै जानू
आफ्नो चिनारीको प्रकाश बन्न सधैँ तत्पर रह्नू
लगनशीलतालाई हरेक पाइलाको साथी चुन्नू
ज्ञानको हात नछोड्नू र सत्यको साथ नत्याग्नू,

भविष्य त्यसै कहाँ बन्छ जे कर्म गर्छ त्यही पाउँछ
भावना परिमार्जन गरेर सम्बन्ध सम्हाल
आफूभित्रको संसारमा आफूलाई स्वीकार
नसोच के भन्छ उसले मैले के ठान्छु याद राख,

जीवनको ऐनाआफूभित्र लुकेको हुन्छ
जसको खबर छायालाई पनि हुँदैन
हृदयलाई झाँकी हेर
वास्तविक चित्रण खुल्ला पुस्तक झैं पाउँछौ,

जीवनको परिभाषा दृष्टिकोणले तय गर्दै रहेछ
दृष्टि होइन आफ्नो दृष्टिकोण सुधारा
सही दिशाको बाटो चुन्न लगाउ
अनि आफ्नो चाहना र सपनालाई नमार,

पङ्ख फिजाएर उड्न सपना हेर
सपना हेरे मात्र पूरा हुन्छ भन्ने अटुट विश्वास राख
तिमी स्वयम् आफ्नोपन र सन्तुष्टि खोजी गर
सम्मान कसैले गरोस् वा नगरोस् अपमान चाहिँ नगर्नू
चाहेको त्यो व्यक्ति तिम्रा लागि नराम्रो सोचोस्,

हरेक दिन नयाँ बिहानी झैं
आफूभित्र नौलोपन खोज
आफ्नो क्षमताको पहिचान गर
आफूलाई आफैँ परीक्षण गर
अनि मात्र संसार चिन्न सक्छौँ

संस्कार विचार र व्यवहार हुन्छ
यसलाई बाहिरको क्षणिक बस्तुमा नखोज
गुण मनिसको भित्र हुन्छ
त्यसलाईशारीरिक रुपमा नहेर
कसैको हृदयमा घात नदिनू
परिणाम असहनीय हुन्छ
मेटाउ आफूभित्रका ससाना अन्धकारलाई
अनि मात्र सूर्यझैँ प्रकाश बनी
चम्किन र चुनिन सक्छौ ।