हेटौंडाः मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा भएको शिक्षकस्तरीय भलिबलको उपाधि भानु माविले जितेको छ । प्रतियोगिता जनक माविको आयोजनामा भएको हो ।
आइतबार भएको फाइनल खेलमा आयोजक जनक माविलाई ३–० को सोझो सेटले पराजित गर्दै भानु मावि विजेता बन्यो भने आयोजक जनकले उपविजेतामा चित्त बुझाउनु पर्यो । विजेता तथा उपविजेता विद्यालय तथा खेलाडीले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । शनिबार सुरु भएको प्रतियोगिताका लागि मकवानपुरगढी गाउँपालिकाले एक लाख रुपैयाँ तथा मकवानपुर जिल्ला भलिबल संघका निवर्तमान उपाध्यक्ष ईन्द्र सञ्जेलले ४० हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो ।