गुगल तस्विर ।

हेटौंडाः मनहरी -६ स्थित सुनाचुरीका नयाँबस्तीमा बस र ट्रक दुघर्टना हुँदा १९ जना घाइते भएको छ । घाइते माध्ये ३ जना उपाचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालयका हवल्दार राजकुमार क्षेत्रीले जानकारी दिनुभएको छ ।

विरगंजबाट काठमाडौं यात्रु बोकेर हिँडेको बस ना. ४ ख ५१४९ र चितवनबाट हेटौंडा आउँदै गरेको ट्रक ना. ६ ख ८९ बिच टोकिदा दुघर्टना भएको हो । धार्दिङ – १ स्थित गजुरीका ट्रक चलाक २५ वर्षको राम रोक्का उपाचार भइरहेको छ भने बस चलाक विरगंजका ३५ वर्षको मदन कुमार थापा क्षेत्री रहेको र बस चालकको भने उपाचारको क्रममा मृत्यु भएको छ । घाइतेहरुको उपचार भने पुरोनो मेडिकल चितवनमा उपाचार भइरहेको हवल्दार क्षेत्रीले जानकारी दिनुभएको छ । एक जनाको शव हेटौंडा अस्पाल र २ जनाको शव भने पुरानो मेडिकलमा रहेको छ ।