सांकेतिक तस्विर ।

हेटौंडाः सवारी ज्यान मुद्धामा जिल्ला अदालत मकवानपुरको आदेश अटेर गरी फरार रहेका हेटौंडा–१२ का ४१ वर्षीय भीमसेन थापामगरलाई प्रहरीले आज पक्राउ गरेको छ ।

जिल्ला अदालत मकवानपुरको मिति २०७३ मंसिर ५ गतेको फैसलाले सवारी ज्यान मुद्दामा १ बर्ष ११ महिना ५ दिन कैद बाँकी र २ हजार रुपैयाँ जरिवाना भुक्तान गर्न बाँकी रहेका थापामगरलाई पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा उपस्थिति गराईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।