सांकेतिक चित्रः गुगल ।

हेटौंडाः हेटौंडा–८, कमानेका ८३ वर्षीय वृद्ध मृत भेटिएका छन् । मंगलबार बिहान हेटौंडा–८, टाउन प्लानिङ क्षेत्रमा रहेको पुरानो घरमा ८३ वर्षीय खड्ग बहादुर नेपाली मृत भेटिएका हुन् ।

मृतक वृद्धका परिवार सम्पर्कमा आएको र मृत्युको कारणबारे बुझ्न पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अम्बर बहादुर गजमेरले जानकारी दिनुभएको छ । मृतक नेपालीको शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ । पोष्टमार्टम बुधबार गरिने प्रहरीले जनाएको छ ।