हेटौंडाः हेटौंडास्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्र बहादुर मल्ल पक्राउ परेका छन् । उद्योगमा कार्यरत महिला कर्मचारीमाथि दूव्र्यवहार गरेको अभियोगमा मल्ललाई मकवानपुर प्रहरीले सोमबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अम्मरबहादुर गजमेरका अनुसार महिला कर्मचारीले आफूमाथि दुव्र्यवहार भएको भनी उजुरी दिएपछि सोधपुछका लागि बोलाइएका मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको हो । सोमबार नियन्त्रणमा लिइएका मल्ललाई प्रमुख जिल्ला अधिकारीले ७ दिन हिरासतमा राखेर आवश्यक अनुसन्धान गर्न प्रहरीलाई म्याद दिएको छ । ५८ वर्षीय मल्ल नेपाल प्रहरीकै सेवानिवृत्त वरिष्ठ प्रहरी उपरीक्षक हुन् ।