हेटौंडाः हेटौंडा–५ स्थित ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१ औं वार्षिक साधारणसभा बिहीबार सुरु भएको छ । सहकारीका अध्यक्ष जीधराज ढकालको अध्यक्षता तथा निवर्तमान अध्यक्ष केशवबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा साधारणसभाको उद्घाटन कार्यक्रम भएको हो ।

शनिबारसम्म चल्ने साधारणसभामा सेयर सदस्यले उपस्थिति जनाएर वार्षिक प्रतिवेदन अध्ययन गरी आवश्यक सल्लाह सुझाव दिने व्यवस्था मिलाइएको अध्यक्ष ढकालले जानकारी दिनुभएको छ । ५ सय ९४ जना सेयर सदस्य रहेको ज्ञानदीप बहुउद्देश्यीय सहकारी संस्थाले विद्यालय सञ्चालन गरिरहेको छ । १० कक्षासम्म पठनपाठन हुने विद्यालयमा एक हजार चार सय ५० विद्यार्थी अध्ययनरत छन् ।