हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा बिहीबार भएको रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् । शहीद दिवसको पूर्वसन्धामा आज बिहीबार भएको रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेको रंक्तसञ्चार केन्द्र हेटौंडा शाखाका प्रमुख टंक दाहालले बताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव प्रा.डा. हरी प्रसाद लम्साल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भूजेल लगातय नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका कार्यबाहक सभापति लाल बहादुर थापाको उपस्थिति रहेको थियो ।