सहयोग स्वरुप प्राप्त स्विटर लगाएका विद्यार्थीसँग फोटो खिचाउँदै सहयोगी विकेशलाल श्रेष्ठसहित अन्य अतिथि तथा विद्यालयका शिक्षकहरु । ।

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिका–४ स्थित ऋषेश्वर आधारभूत विद्यालयमा १०० जना विद्यार्थीहरुलाई न्यानो कपडा स्विटर वितरण गरिएको छ । तरुण दल मकवानपुरका नेता विकेशलाल श्रेष्ठले व्यक्तिगत खर्चबाट स्विटर सहयोग गरिएको बताउनुभएको छ ।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय सभापति लोक मोक्तानको प्रमुख आतिथ्यमा स्विटर वितरण कार्यक्रम भएको हो । बालबालिकाको लागि न्यानो कपडा उपलब्ध भएकोमा विद्यालयकी प्रधानाध्यापक सम्झना भट्टले आभार व्यक्त गर्नुभएको छ । हेटौंडादेखि विद्यालयसम्म जानका लागि जेसीआई बस्तीपुरको वर्ष २०२१ का उपाध्यक्ष ठहर नेपालले गाडी उपलब्ध गरी सहयोग गरेको पनि श्रेष्ठले बताउनुभएको छ ।