हेटौंडाः मकवानपुर प्रहरीले २ जना फरार प्रतिवादीहरुलाई बुधबार पक्राउ गरेको छ ।
जिल्ला अदालत मकवानपुरको मिति २०७६ भाद्र २२ गतेको फैसलाले यौन दुरुपयोग मुद्धामा २ महिना ४ दिन कैद भुक्तान गर्न बाँकी रहेको फरार प्रतिवादी भिमफेदी–४ को ३२ वर्षीय नविन स्याङतानलाई प्रहरीले पक्राउ गरेको हो । स्याङ्तानलाई कैद भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई कारागार कार्यालय भिमफेदी पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
यसैगरी जिल्ला अदालत मकवानपुरको मिति २०६८ कात्तिक ६ गतेको फैसलाले सवारी ज्यान मुद्धामा २ हजार रुपैयाँ जरीवाना भुक्तान गर्न बाँकी रहेको प्रतिवादी मनहरी–४ को ४० वर्षका कोलालचन्द्र प्रजालाई प्रहरीले पक्राउ गरेको छ । प्रजालाई जरिवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको प्रहरी नायब उपरीक्षक रानाले जानकारी दिनुभयो ।