Home अर्थ/व्यापार बजार अनुगमन टोलीद्वारा हर्नामाडीबाट अखाद्य बस्तु र घरेलु मदिरा नष्ट, व्यवसायीलाई ७५...

बजार अनुगमन टोलीद्वारा हर्नामाडीबाट अखाद्य बस्तु र घरेलु मदिरा नष्ट, व्यवसायीलाई ७५ हजार जरिवाना

संयुक्त बजार अनुगमन टोलीले उपभोग्य म्याद नाघेका खाद्य पदार्थ संकलन गर्दै ।

हेटौंडाः संयुक्त बजार अनुगमन टोलीले हेटौंडा–१८, हर्नामाडी ठूलोदमारस्थित एक पसलबाट अखाद्य बस्तु, घरेलु मदिरा जफत गरेर नष्ट गर्नुका साथै व्यवसायीलाई ७५ हजार रुपैयाँ जरिवाना तिराएको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि सम्मिलित संयुक्त बजार अनुगमन समितिले हर्नामाडी क्षेत्रको बजार अनुगमन गरेको थियो ।

प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिँदै ।

६ वटा पसलको अनुगमनको क्रममा हर्नामाडीस्थित रचयिता सप्लायर्समा घ्यू, जुस, पेय पदार्थ, कुकिज, बिस्कुट, अचार जस्ता खाद्य पदार्थको उपभोग्य मिति नाघेको, बिक्रीका लागि राखेको एक सय ७५ लिटर घरेलु मदिरा, अनुमति बिना नै कुखुराको दाना र औषधी समेत विक्री गरेको पाइएको हेटौंडा उपमहानगरपालिकाका सामाजिक विकास महाशाखाका प्रमुख भीमप्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ । उहाँका अनुसार कानुन विपरित व्यवसाय सञ्चालन गरिरहेको पाइएपछि संयुक्त अनुगमन टोलीले व्यवसायीलाई ७५ हजार रुपैयाँ जरिवाना गराइएको छ ।

अनुगमनमा हेटौंडा उपमहानगरपालिकाको सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख जगन्नाथ दाहाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सोमनाथ रिजाल, उपभोक्ता हित संरक्षण मञ्च मकवानपुरका अध्यक्ष बासु खतिवडा, स्थानीय प्रहरी चौकीका प्रहरीको सहभागिता रहेको थियो ।

Exit mobile version