Home खेलकुद भिडोल विजय यूथ हेटौंडा गोल्डकप माघ १६ गतेदेखि

भिडोल विजय यूथ हेटौंडा गोल्डकप माघ १६ गतेदेखि

प्रतियोगिताको प्रायोजनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरपछि सम्झौतापत्र आदान प्रदान गरिँदै । फाइल तस्वीर ।

हेटौंडाः भिडोल विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता माघ १६ गतेबाट आयोजना हुने भएको छ । यसअघि माघ २२ गतेबाट आयोजना हुने भनिएकोमा प्रतियोगिता केहीदिन अघि नै आयोजना गर्न लागिएको आयोजक विजय यूथ क्लबले जनाएको छ ।

वन विज्ञान अध्ययन संस्थानको हेटौंडास्थित वन विज्ञान क्याम्पसको खेल मैदानमा हुने प्रतियोगिता विद्यार्थीको परीक्षाका कारण ६ दिन अगाडि नै गरिएको आयोजक विजय यूथ क्लबका अध्यक्ष सुदिप राजबाहकले जानकारी दिनुभएको छ । प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको उहाँले बताउनुभएको छ । ‘२२ गतेबाट आयोजना गर्ने तयारी थियो । वन विज्ञानका विद्यार्थीहरुको परीक्षा परेका कारण केहीदिन अगाडि नै प्रतियोगिता सुरु गर्नुपर्ने भयो’, अध्यक्ष राजबाहकले भन्नुभयो, ‘प्रतियोगितामा आयोजकसहित विभिन्न जिल्लाका १० टिमको सहभागिता रहनेछ ।’

करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेता टिमले नगद ३ लाख र उपविजेता टिमले एकलाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकलाई जनही पाँच हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

Exit mobile version