पं. ज्योतिषः तोयानाथ सुवेदी

व्रतानुष्ठानमा पर्ने विभिन्न व्रतहरु मध्ये एकादशी व्रत पनि महत्वपूर्ण रहेको छ । तिनै विभिन्न एकादशीहरु मध्येको हरिबोधनी एकादशीका विषयमा यस लेखनमा चर्चा गरिन्छ । यस एकादशी व्रत सम्बन्धी कृत्यता र महत्वका सम्बन्धमा धर्मशास्त्रीहरुले प्रशस्त विचारहरु राखेका वा पोखेका छन्, त्यसो हुँदा यहाँको सामान्य चर्चा त केवल औपचारिकता पूर्तिमात्र हो भन्नु स्वाभाविक ठान्छ ।

वर्ष भरिमा पर्ने एकादशीको संस्या २४ वटा रहेका छन् र अधिकमास वा पुरुषोत्तम महिना परेका बेला २६ वटा एकादशी हुन्छन् । व्यवहारमा सामान्य रुपले व्रत बसे र विधिपूर्वकको पूजा समेत गरेर व्रत गर्ने वा बस्ने दुवै देखिन र सुन्न पाइन सक्छन् तर संस्याको दृष्टिले सामान्य व्रत मात्र बस्ने नै बढी पाइन्छ । यसरी अघिपछि केवल व्रत मात्र गर्नेले पनि बोधनीका दिन भन्ने पूजासहितको व्रत गरेको देखिन्छ र गर्नुपर्छ पनि किनकी यो हरिम जागरणको बेला वा समय हो । पूजा गर्नेले हरेक एकादशीका अलग नाम, देवता, शक्ति, चढाइने फूल अर्पण गरिने फल र दान गरिने बस्तु पनि उल्लेख भए अनुसार बेग्लाबेग्लै प्रयोग गर्नुपर्दछ । जस्तो उदाहरण लागि आजको एकादशी नाम हरिबोधनी छ भने देवताको नाम दामोदर शक्तिको नाम राधा, चढाइने, फूल सयपत्री, अर्पण गरिने विशेष नैवेधमा वयर र अर्धा दिने फलको नाम छ दारिका वा कोप यसैगरी अरुका पनि नाम वस्तु अलग छन, जसको सबै उल्लेख गर्नु यहाँ आवश्यक छैन् ।
हरिबोधनी चतुर्थासा अन्तर्गतको अन्तिम एकादशी हो । यस दिन व्रतको साथ भगवानको विशेष पूजा पनि हुन्छ र स्नान पछि भगवानसित यसरी प्रार्थना गरिन्छ ः
एकादश्यां निराहारः सर्वयोग विवर्जितः ।
कुर्वेडहं पुण्डरीकाक्ष्ँः शरणं मे भवाच्युतः ।।

अर्थातः हे कमलनयन ∕ आजको एकादशीमा आचमन बाहेक सम्पूर्ण भोग्यवस्तु छोडेर निराहार रही पूजा गर्दछु , हजुर मेरो शरण्य (शरणलिने) होएदिनोस । यसरी प्रातः कालीक प्रतिज्ञापछि बित्य क्रिया सकेर पूजालायक मण्डप तयार गर्नुपर्छ । उखु केराका खम्बा, बास, निगाला, जस्ता कुराले मण्डप तयार पारी तत्कालिक जातजातका फूलले सिंगार्दै सुन्दर एवं आकर्षक तुल्याउनु पर्दछ । मण्डपको तयारीपछि पूजाको लागि आवश्यक चन्दन, अश्रुता, जौ, तिल, फूल, द्युपबत्ती, कपुर, नैवेद्य, फल, पञ्चामृत र भेटी जस्ता कुरा तयार पारी मध्यान्हमा पनि स्नानै गरेर आरम्भ गर्ने विधान छ ।

निर्दिष्ट ठाउँको पवित्र आसनमा बसेपछि आचमन, प्राणायाम पवित्र धारण, गोदान, कर्मपात्र निर्माण, जस्ता कुरा गरेपछि प्रतिज्ञा संकल्प पढिन्छ । संकल्पमा देश कालको उच्चारण पछि गोत्र प्रवर उच्चारण गरी यथाउपचारद्धारा भगवान तुलसी दामोदरको पूजाका साथै दीप, कलश, गणेश आदिको पूजा अर्चना वन्दना पनि गर्दछु भनी भनिन्छ र सोही मुताबिक पूजा गरिन्छ पनि । अड्डप्रत्यड्ड देवताहरु र पीठाड्ड देवताहरुको पूजा पनि विशेष तरहले गरिन्छ । पुष्पाञ्जली सकेर आफ्नो गायत्री, दीक्षा वा द्धादशीसक्षर मन्त्र जपिन्छ । विशेष रुपमा पुरुषसुक्तका १६ मन्त्रहरुको उच्चारण गरी पूजा अर्चना वन्दना गर्ने परिपाटी रहेको छ ।
अन्त्यमा अर्घ चढाएर पूजाको समापन गरिन्छ पनि । उक्त रुपले पूजा सम्पन्न गरेपछि । रातभर भजनकीर्तन, कथा, श्रवग, नृत्य, वाद्यपूर्वक जागरण गरी भोलिपल्ट द्धादशीका दिन भगवानलाई निम्न मन्त्र पढेर जागरण गराइन्छ ः
इयंच द्धादशीदेव प्रबोधार्थ तु निर्मिता ।
त्वयैव सर्वलोकाना हितार्थ शेषशायिन ।।
उतिष्ठो तिष्ठ गोविन्द त्यज निद्रा जगत्यते ।
त्वयि सुप्ते जगत्सुप्तमुत्थिते चोत्थितँ जगत् ।।

जागरण पछि सयपत्री फूलद्रार। पुष्पाञ्जली र तुलसीपत्र अर्पण गरेर दन्तधावनको लागि उखुको टुक्रा पढाइन्छ । चतुर्यासा भर वा कार्तिकमा व्रत आरम्भ गर्दा पालन गरिएका नियम र छोडिएका वस्तुहरु दान पनि यतिखेर नै गरिन्छ । जस्तै मौन व्रत बसेको भए सुन र घण्ट, काँचोवस्तु मात्र खाएको भए गाई, रातमा मात्र खाने गरेको भए बस्त्रदान आदि गर्नुपर्दछ । हरिबोधनी कै सन्दर्भसँग जोडिएको अर्काे कृत्य छ । तुलसी विवाह हरिशयनीमा सारेर कार्तिक भर विशेष्ग रुपमा पूजा आराधना गरिदै आएको तुलसी विवाह पनि यतिखेर नै गर्ने विधि विद्यान रहेको छ । यद्यपी यो विवाह कुष्माण्ड नवमी देखि पूर्णिमा सम्म गर्न सकिने धर्मशास्त्रीय कथन छ । तापनि बढी उपयुक्त चाही द्धादशीकै दिन मानिन्छ । त्यसैले यसपाली लाग्दो तिथि र छोड्दो व्रतका अनुसार मिति २०७७ साल (कार्तिक शुक्ल पक्ष) मार्गशीर्ष ११ गते एकादशी व्रत युक्त द्धादशी दिन एकादशीको व्रत लिई तुलसीलाई माला लगाई विवाह गर्नु गराउनु पर्ने विधि विद्यान छ । अगिल्लो दिन व्रत मात्रै रहेकाले स्मार्तानाँ एकादशी मात्र भनिएको छ । त्यस दिन २०७७ मंसिर १० गते बुधबारका दिन तुलसी विवाह भनेर उल्लेख गरएको छैन् ।

तुलसी विवाहका लागि शुरुमा संकल्प, अग्निस्थपना, नान्दीश्राद्ध पुण्याहवाचनका साथ राधादामोदर वा तुलसी दामोदरको विशेष पूजा हुनुपर्दछ । विधिपूर्वक सम्पन्न भए पछि यो मनत्र पढेर तुलसीलाई अर्पण वा समर्पण गरिन्छ ः–
देवी कनक सम्पन्नां कनकाभरणैर्युताम ।
दास्यमि विष्णवे तुभ्यं ब्रह्मलोक जिगीषय ।।
मया संवर्धितां यथाशक्त्यालंकृतामिमां तुलसीं देवी दामोदराय श्रीधराय वराय तुभ्यमहं सम्प्रददे ।। भनेर समर्पण गरिन्छ । यसपछि दानप्रतिष्ठान, निराजन आदि हुन्छ । त्यसपछि उघापन चतुर्थी गरेर नवान्न (नयाँ अन्न वा दही चामल ) को रुपमा अर्पण गरी खाने चलन पनि छ । यस दिन वा व्रतका दिन अनय कर्महरु पनि हुन्छन् जस्तै आफ्ना पिहरुले गतिमुक्ति प्राप्त गरुन् भनी फूल तार्ने नदस्, तलाउ, मन्दिर आदिमा चलन प्रचलन पनि रहेको देखिन्छ । पञ्चैबाजा बजाएर डोली आदिमा फूल–माला–विभिन्न फलाहारहरु जस्तै सखरखण्ड, सिमलतरुल, तरुल, पिंडालु जस्ता कन्दमूलहरु लगेर सबैलाई खुवाउनेन आफूले खाने फूलतार्ने माला बनाएर तार्ने फूल सोलीमा राखेर बगाउने आदि प्रचलनहरु पनि यस दिन पर्दछन् । यी कृत्यहरु धनी वा गरीब सबैकहाँ समान रुपले गरिन्छ । यस दिन मठमन्दिरमा पनि दर्शनर्थीहरुको घुँइचो लाग्दछ । विभिन्न स्थानहरुमा त मेला वा जात्रा लाग्ने परम्परा पनि रहेको पाइन्छ ।

अन्त्यमा जे होस हरिबोधनी एकादशीले हाम्रो धार्मिक एवं साँस्कृतिक क्षेत्रमा महत्वपूर्ण स्थान राखेको कुरालाई नकार्न मिल्दैन, यसको प्रत्यक्ष फल हामीले प्राप्त गरी नै रहेका छौं भन्दै यो लेखलाई यही समापन गर्दछु ।
जय एकादशी ।।